शिक्षा / स्वास्थ्य

२७५ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौं ।पछिल्लो २४ घण्टामा २७५ जना कोभिड–१९ संक्रमित थपिएका छन्। याे संख्या देशभरको हो।

साेही अवधिमा आठ हजार ६२८ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो अवधिमा देशभरबाट ५५५ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या नौ हजार २८० छ। पछिल्लो २४ घण्टामा एक जनाको संक्रमणका कारण मृत्यु भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *