समाचार

विमानस्थलको सुरक्षा अवस्थाबारे छानबिन गर्न समिति गठन

काठमाडौं ।गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्था,कमजोरी र सुधारका उपायबारे सुझाव दिनका लागि ९ सदस्यीय छानबिन समिति गठन गरेको छ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अध्यागमन विभागका महानिर्देशकको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिएका छन्।

गत फागुन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट बिना एक व्यक्ति पुगेका थिए। यो घटनाको अहिले चौतर्फी आलोचना भइरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *