समाचार

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं ।बर्दियामा पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–४ सैनवार गाउँकी ४१ वर्षीया लिलि थारु रहेको बर्दिया प्रहरीले जनाएको छ। बर्दिया राष्ट्रिय निकुञ्जसँग सीमा जोडिएको घर नजिक बंगुरलाई चारो दिन लाग्दा बाघले आक्रमण गरेको प्रहरीको भनाइ छ।

बाघले आक्रमण गरे लगत्तै महिला चिच्याएपछि स्थानीयले होहल्ला गर्दा बाघले छाडेर गएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *