समाचार

ललितपुरमा १२ वर्षीया बालिका बलात्कृत

ललितपुर । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखा मैलुङ गाउँपालिका-४ घर भई ललितपुर बस्ने १९ वर्षीय अमिर गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अमिरले ती बालिकालाई महालक्ष्मी नगरपालिका-४ ईमाडोलमा गत माघ २२ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *