खेलकुद

टि-२० विश्वकप छनोट : क्यानडाले नेपाललाई दियो ८१ रनको लक्ष्य

काठमाडौं ।ओमानमा जारी टि-२० विश्वकप क्रिकेट छनोट खेलमा क्यानडाले नेपाललाई ८१ रनको लक्ष्य दिएको छ। समूह चरणको अन्तिम खेलमा टस जितेर ब्याटिङ गरेको क्यानडाले १५ ओभरमा सबै विकेट गुमाउँदै ८० रन बनाएको हो।

क्यानडालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि कप्तान सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिएका छन्। त्यस्तै कमल सिंह ऐरी र अविनाश बोहोराले समान दुई-दुई विकेट लिएका छन्।

क्यानडाका लागि डिलाेन हेलगरले सर्वाधिक २४ रन बनाए। २२ बल खेलेका उनले १ चौका र २ छक्का प्रहार गरेका थिए। त्यस्तै नवनित धलिवालले १८ र रायन पठानले १४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

समूह ‘बी’ को अर्को खेलमा ओमान विरुद्ध टस जितेर ब्याटिङमा उत्रिएकाे फिलिपिन्स १५ दशमलब २ ओभरमा ३६ रनमा समेटिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *