शिक्षा / स्वास्थ्य

थप ४ जनाको मृत्यु, ३८८ संक्रमित

काठमाडौँ । नेपालमा थप ३८८ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २४७ र एन्टीजेन परिक्षणबाट १४१ गरि कुल ३८८ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२०५ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७.६ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले १०७ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २२५ पिसिआर र २९१५ नमुना एन्टीजेन परिक्षण गरि कुल ८ हजार १४० जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ११ हजार २८२ पुगेका छन् ।

पछिल्लो कोरोनाबाट थप ४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९२५ पुगेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *