समाचार

सर्वोच्च अदालत नभइ जनअदालत चलाउँछौं : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब सर्वोच्च अदालत नभइ जनअदालतको निर्णयमा नेकपा एमाले जाने बताएका छन् । यसका लागि आजैदेखि तयारी थाल्न उनले आग्रह गरेका छन् । शनिवार सूर्यविनायक अस्पताल उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले जनताभन्दा माथि केही नभएको र जनताले दिएको आदेश मान्ने उनले बताए ।

उनले एमालेको जनअदालत माओवादीको जस्तो दुई चार जनाले चलाउने र तर्साउने नभइ लाखौं मानिसको सहभागीत हुने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *