काठमाण्डौं । घाटीभरि सुनको गहना लगाएर सार्वजनिक कार्यक्रम र मञ्चमा उपस्थित हुने चर्चित भारतीय संगीतकार वप्पी लहरीको निधन भएको छ ।उनको वुधवार ६९ बर्षको उमेरमा निधन भएको हो । गत महिना देखि मुम्वइको अस्पतालमा उपचार गराइरहेका लहरीको वुधवार निधन भएको हो । उनको परिवारमा श्रीमती,छोरा र छोरी छन ।
चार बर्षको उमेर देखि तवला वजाएर ख्याति कमाएका लहरीलाइ भारतमा डिस्को किंग भनेर चिनिन्छ ।




