काठमाडौं । नेपाली कांग्रेस संखुवासभा–काठमाडौं सम्पर्क समितिको सभापति पदको जिम्मेवारी भानु कालाखेतीले पाएका छन । यस अघि सम्पर्क समितिको कार्यबहाक सभापति रहेका कालाखेतीले सभापति पदको जिम्मेवारी पाएका हुन ।
कार्यव्यस्तताका कारण योगेन्द्रबहादुर अधिकारीले समितिको सभापति पदबाट राजीनामा गरेपछि संखुवासभा कांग्रेसका सभापति दीपक खड्काले सम्पर्क समितिको सभापति पदको जिम्मेवारी कालाखेतीलाई आज(शुक्रबार) दिएका हुन ।
लामो समय केन्द्रीय क्याम्पस कीर्तिपुरमा अध्ययनसँगै नेपाल विद्यार्थी संघको राजनीतिमा महत्वपूर्ण भूमिकामा रहेर काम गरेका कालाखेती कुशल संगठक हुन । उनी बौद्धिक, परिपक्क र लोकप्रिय नेताको रुपमा परिचित छन ।
यसै गरी सभापति खड्काले डिएलएका केन्द्रीय अध्यक्ष समेत रहेका सम्पर्क समितिका निवर्तमान अध्यक्ष योगेन्द्र बहादुर अधिकारीलाई संखुवासभा कांग्रेसको प्रमुख कानूनी सल्लाहकार पदको जिम्मेवारी दिएका छन ।




