काठमाडौं । प्रदेश १ मा अहिले राजेन्द्रकुमार राई नेतृत्वको सरकार छ । यस प्रदेश १ मुख्यमन्त्रीका रुपमा एमाले नेता शेरधन राई रहेका थिए ।
सामाजिक सञ्जाल फेसबुकमा बिहीबार स्टाटस लेख्दै पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् ।
उनले जनादेशबाट नभएर अध्यादेशमार्फत सरकार बनेको र तीन महिनासम्म पनि काम गर्न नसकेको आरोप लगाएका छन् ।
उनी लेख्छन्, ‘सरकारको असक्षमताप्रति मुख खोल्न र खबरदारी गर्न ढिला भइसकेको छ । तीन महिनासम्म सरकार बाँडिचुँडी खान मात्र लागि पर्यो ‘।
यसका लागि मन्त्रालयहरू टुक्रयाएको र मन्त्री नियुक्ति नभएको मन्त्रालयमा दुई दुई जना स्वकीय सचिव नियुक्त गरेको उनको आरोप छ ।पुँजीगत खर्च र महत्वपूर्ण विकास आयोजनाहरुको बजेट कटौती गरेको राईले बताए ।




