काठमाडौैंं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालको संविधानको धारा २९४ को उपधारा १० बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन आज पेश गरेका छन् ।
राष्ट्रपति भवनमा आजै आयोजित समारोहमा राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६ बमोजिम राष्ट्रियसभा निर्वाचन २०७८ को निर्वाचन परिणामसहितको प्रतिवेदन पनि पेश गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएको छ ।




