काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव परी अझै केही दिन मौसम सुधार नहुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू–भागमा आंशिक सामान्य बदली रही तराईका भू–भागमा हुस्सु, कुहिरो लागेको केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको बताइएको छ।
राती प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहनाका साथै देशको उच्च पहाडी भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको बताइएको छ ।
महाशाखाको अनुसार सोमबार प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदल्ने छ ।
देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ ।
आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री र अधिकतम तापक्रम १६ दशमलव २ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।




