समाचार

क्रान्तिकारी माओवादीले माघ २१ गते देशभर प्रदर्शन गर्ने

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले आगामी माघ २१ गते देशभर प्रदर्शन गर्ने भएको छ।

शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी), भारतले गरेको सीमा अतिक्रमण लगायतको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

सार्वभौमिकता र राष्ट्रिय स्वाधीनताको रक्षाका विषयमा एकल तथा संयुक्त रुपमा संघर्ष गर्नुपर्ने बेला आएको पार्टी अध्यक्ष मोहन बैद्यद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *