काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ९ शिवपुर चोकमा हिजो बेलुकी स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
भारतको बिहार घर भई हाल गोकर्णेश्वर नगरपालिका ९ अत्तरखेल बस्ने ३८ वर्षीय विरेन्द्र महतोको मृत्यु भएको हो ।
बा ६५ प ५३५२ नम्बरको स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका महतोको उपचारको क्रममा अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।
हिजो बेलुकी सवा ७ बजे भएको दुर्घटनामा संलग्न स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




