विश्व

इटालीमा ८० वर्षीय म्याटरेल्ला पुनः राष्ट्रपतिमा निर्वाचित

काठमाडौं । इटालीका राष्ट्रपति सर्जीओ म्याटरेल्ला दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन्।

गठबन्धन पार्टीले साझा उम्मेदवार चयन गर्न नसकेपछि ८० वर्षीय म्याटरेल्ला विकल्पहीन नेता बनेका हुन्।

यसअघि दोस्रो कार्यलयका लागि राष्ट्रपति नबन्ने उनले घोषणा गरेका थिए।

तर, इटालीको स्थिरताका लागि प्रधानमन्त्री मारियो ड्रागीले उम्मेदवारी दिन उनलाई कर गरेका थिए।

आठौं चरणको निर्वाचनपछि उनी शनिवार औपचारिक रुपमा नै विजयी भएका थिए।

देशले सामाना गरेको स्वास्थ्य र आर्थिक चुनौतीलाई मनन गर्दा आफूले ‘उत्तरदायित्वको चेतना’ बोध गरेको उनले बताए ।

संवैधानिक अदालतका पूर्व न्यायाधीशसमेत रहेका उनले भने, ‘मेरा व्यक्तिगत छनौट भन्दा देशका लागि सेवा बढी महत्वपूर्ण हुन्छ ।’

राष्ट्रपतिमा पुनः विजयी भएकोमा प्रधानमन्त्री ड्राघीले म्याटरेल्लाको प्रशंसा गर्दै उनको विजयलाई ‘इटालीका लागि उत्कृष्ट समाचार’ बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *