संकल्पखबर । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार मिसाइल प्रहार गरेको छ ।
योसँगै उत्तरले जनवरीमा मात्र ६ ओटा मिसाइल प्रहार गरेको छ ।
कोरियाले ५ र ११ जनवरीमा हाइपरसोनिक मिसाइल प्रहार गरेको थियो भने १४ र १७ जनवरीमा व्यालिस्टिक मिसाइल परीक्षण गरेको थियो ।
उत्तरले पूर्वी तटको हामहुंग क्षेत्रमा दुई ओटा व्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाले दाबी गरेको छ ।
उत्तरका मिसाइल प्रहारलाई लिएर अमेरिकाले उत्तर कोरियामाथि बिभिन्न प्रतिबन्ध लगाउँदै आएको छ । तर, उत्तरसँग वार्ता थाल्न कुनै दुविधा नभएको बाइडेन प्रशासनले जनाएको छ।
उत्तरका आणविक हतियार बन्द गर्ने विषयमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सन् २०१९ मा सम्पन्न वार्ता बिनानिष्कर्ष टुंगिएको थियो ।
आफ्ना आणविक कार्यक्रमलाई निरन्तता दिन अडानबाट किम पछाडि नहटेपछि वार्ता बिना निस्कर्ष टुंगिएको थियो ।
आफ्नो रक्षाका लागि मिसाइल परीक्षण गरेको उत्तरले दाबी गर्दै आएको छ ।
उत्तरका मिसाइल परीक्षणले कोरियाली प्रायद्धीपमा तनाब बढेको छ । तर, उसले विगत पाँच वर्षदेखि आणविक हतियार परीक्षण गरेको छैन् ।
यद्यपी, कोरियाली प्रायद्धीपमा तनाब बढिरहे पुनः आणविक परीक्षण गर्ने उसले धम्की दिँदै आएको छ ।




