काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन मंगलबार स्वदेश फर्किने भएका छन् ।
उपचारका लागि चीन गएका पुन मंगलबार फर्किने भएका हुन् । उनको स्वास्थ्यमा सुधार आएको र स्वदेश फर्किन लागेको उनको सचिवालयले जनाएको छ । माओवादी केन्द्रको महाधिवेशन सम्पन्न भएर पदाधिकारी चयनको प्रक्रिया शुरु भएका बेला पुन स्वदेश फर्किन लागेका हुन् ।
सोमबार बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटिको बैठकले पदाधिकारी चयन गर्ने अपेक्षा गरिएपनि पुन नेपाल आएपछि पदाधिकारी चयन गर्ने भन्दै बैठक नै स्थगित भएको छ ।




