राजनीति

काङ्ग्रेस कोषाध्यक्ष यादवको खुलासा : पार्टीको कोषमा १० करोड रकम

काठमाडौं ।नेपाली काङ्ग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको कोषमा १० करोड रकम रहेकाे खुलासा गरेकी छन् । शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा काङ्ग्रेसको १४औँ केन्द्रीय महाधिवेशनमा उनले आर्थिक प्रतिवेदन बन्दसत्र हलमा प्रस्तुत हुने भएपनि पार्टीको कोषमा रहेको रकम सार्वजनिक गरेकी हुन् ।

‘पार्टीको कोषमा १० करोड छ । र बाँकी अन्य बैङ्कमा दुई, तीन करोड छ,’ यादवले भनिन् । यसका साथै महाधिवेशनमा आफ्नो कुनै उम्मेदवारी नरहेको पनि उनले खुलासा गरिन् । कुनै पदमा नरहेपनि पार्टी र देशको सेवामा निरन्तर रहने प्रतिबद्धता भने उनले व्यक्त गरिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *