समाचार

माओवादीका अध्यक्ष दाहाल अस्पतालबाट फिर्ता

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ आज मेडिसिटी अस्पतालबाट घर फर्कीएका छन् । देशका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुने क्रममा धपेडीले गर्दा रक्तचाप बढेपछि उनले स्वास्थ्य परीक्षणका लागि शनिबार अस्पताल भर्ना भएका थिए ।

अध्यक्ष दाहालको सचिवालयका अनुसार चिकित्सकले उनलाई केही दिन घरमै आराम गर्न सुझाव दिएका छन् । अध्यक्ष दाहाल डोल्पा, भोजपुरलगायतको कार्यक्रमपछि अस्वस्थ हुनु भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *