समाचार

फाइजर खोप खरिद प्रक्रिया अघि बढेको छ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोर–किशोरीलाई लक्ष्य गरेर नेपाल सरकारले फाइजरको ६० लाख मात्रा खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

विश्व बैंकको सहयोगमा फाइजरको ६० लाख मात्रा खोप खरिद गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेको र यससम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारीमा रहेको मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले उच्च प्राथमिकता दिँदै आएको र कोरोनाविरुद्धको खोप अभियान पनि सञ्चालन गर्दै आएको बताउँदै प्रवक्ता डा.पौडेलले आज विज्ञप्ति प्रकाशन गरेर खोप खरिद पक्रिया मन्त्रिपरिषद्मा नरोकिएको स्पष्ट गरेका छन् ।

साथै सो विज्ञप्तिमा खोप खरिद प्रक्रिया रोकिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको पनि स्पष्ट गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *