समाचार

पूर्व राज्यमन्त्री संजय साहलाई ११ वर्ष कैद सजाय

काठमाडौँ ।नौ वर्षअघि जनकपुरधाममा पाँच जनाको ज्यान जाने गरी भएको बम विस्फोट घटनामा उच्च अदालत जनकपुरधामले पूर्व राज्यमन्त्री संजय साह ‘टकला’ लाई ११ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

धनुषा जिल्ला अदालतले साहलाई यसअघि नै जन्मकैदको फैसला सुनाएको थियो । जिल्लाको फैसलापछि साहले उच्च अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतले एक जनालाई सफाइ र साहसहित सबैको कसुर ठहर गरेपछि सफाइ पाएका विरुद्ध वादी नेपाल सरकारले पुनरावेदन र कसुर ठहर भएकाहरुले निवेदन दिएका थिए ।

उच्च अदालतले यसअघि १७ असोजमा ज्यान मार्ने उद्योग कसुर सदर गरेपनि सजाय घटाएर १२ वर्षको ठाउँमा ७ वर्ष निर्धारण गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *