राजनीति

सिद्धार्थनगरमा घनश्याम भुसालका स्वकीय सचिव पराजित

बुटवल । एमाले उपमहासचिव घनश्याम भुसालको निर्वाचन क्षेत्र पर्ने सिद्धार्थनगर नगरपालिकामा एमालेको प्रथम नगर अधिवेशनबाट अर्का उपमहासचिव विष्णु पौडेल निकट चक्रबहादुर थापा विजयी भएका छन् ।

उपमहासचिवद्वय निकटका नेताले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उतारेका थिए । तर भुसाल निकट थानेश्वर पौडेल १०४ मत अन्तरले पराजित भएका हुन् । २ सय ३६ मतदाता रहेको सिद्धार्थनगर नगरपालिकामा २ सय २३ मत खसेको थियो । जसमा थापाले १ सय ६१ र पौडेलले ५७ मत प्राप्त गरे ।

अधिवेशनबाट नगर कमिटीको उपाध्यक्षमा अर्जुनकुमार गिरी निर्वाचित भएका छन् । उनले १ सय ८७ मत प्राप्त गरे भने प्रतिस्पर्धी लक्ष्मी केसीले ३४ मत पाइन् ।

सचिवमा पौडेल निकट नारायण भण्डारीले भुसालका स्वकीय सचिव मनोजकुमार रिजाललाई १ सय ५४ मतले पराजित गरे ।

तीन पदमा दुई उपमहासचिव निकटका नेताहरुबीच प्रतिस्पर्धा भएपछि चुनावमार्फत नेतृत्व चयन भएको हो । जसमा पौडेल निकट नेता नै विजयी भएका छन् । नगर कमिटीको उपसचिवमा कुमार गुरुङ र माया कँडेल विजयी भए भने अन्य पदहरुमा सर्वसम्मत भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *