समाचार

पहिरोमा ज्यान गुमाएका परिवारलाई राहत

डडेल्धुरा । गत साता परेको अविरल वर्षाका कारण घर माथिबाट गएको पहिरोमा परी ज्यान गुमााउनेका परिवारलाई राहात वितरण गरिएको छ । घरमाथिको भीरबाट खसेको ढुङ्गा लागेर मृत्यु भएकी आलिताल गाउँपालिका–८ की ५० वर्षीया पर्वती खड्काका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आज घरमै पुगेर मृत्तक पार्वतीका श्रीमान् धनबहादुर खड्कालाई रु दुई लाख रकम हस्तान्तरण गरेका छन् । सङ्घीय सरकारको मापदण्डअनुसार जिल्ला विपद् व्यवस्थापन समितिले राहत रकम उपलब्ध गराउने निर्णय गरेको र सोहीअनुसार राहत रकम हस्तान्तरण गरिएको प्रजिअ जोशीले जानकारी दिएका छन् ।

गत बिहीबार दिउँसो घरनजिकै काम गरिरहेका बेला माथिबाट पहिरासँगै खसेको ढुङगा लागेर पार्वती गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । अन्य स्थानका बाढीपहिरो पीडितलाई पनि चाँडै राहात उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *