समाचार

अध्यक्ष ओलीले गरे एमाले वडा अधिवेशनकाे उद्घाटन

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशभरका ६ हजार सात सय ४३ वटा वडाका अधिवेशनलाई एकसाथ उद्घाटन गरेका छन् ।

शनिबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा जुम एप्समार्फत अध्यक्ष ओलीले देशभरका वडा अधिवेशनलाई एकसाथ उद्घाटन गरेका हुन् । यो उद्घाटन समारोहलाई इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा ‘डिस्प्ले’ गरिएकाे छ ।

बाढीपहिरोबाट प्रभावित जिल्लामा भने आज वडा अधिवेशन स्थगित भएका छन् । एमालेको १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा हुँदैछ । शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठित २१ सदस्यीय १०औँ महाधिवेशन मूल व्यवस्थापन समितिलाई पूर्णता दिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *