समाचार

पहिलो पटक मन्त्री बने विरोध खतिवडा, स्वास्थ्य मन्त्रालयको जिम्मवारी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मकवानपुरबाट निर्वाचित खतिवडा एकीकृत समाजवादीबाट मन्त्री हुनेमध्ये सबैभन्दा पुराना नेता हुन् । तत्कालिन एमालेबाट ४ पटक सांसद निर्वाचित भएका खतिवडा पहिलो पटक मन्त्री बनेका हुन् । खतिवडा एमाले बिभाजनमा माधवकुमार नेपाललाई साथ दिने कम नेता मध्ये एक थिए ।

उनी मकवानपुरबाट लगातार २०४८, ०५१, ०५६ र ०७४ गरी चार पटक सांसदमा निर्वाचित भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *