राजनीति

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरू भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई पूर्णता दिन केहीबेर अघिबाट सत्तापक्षीय गठबन्धनका शीर्ष नेताको बैठक बसिरहेको एक नेताले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी छन् ।

२५ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसले प्रधानमन्त्रीसहित सात मन्त्री, माओवादी केन्द्रले ६ मन्त्री र एक राज्यमन्त्री गरी सात, नेकपा एसले पाँच मन्त्री र एक राज्यमन्त्री गरी ६ जना, जसपाले चार मन्त्री र एक राज्यमन्त्री गरी पाँचको भाग पाउने बताइए पनि कसले कुन–कुन मन्त्रालय पाउने भन्नेमा औपचारिक सहमति जुट्न बाँकी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *