राजनीति

कांग्रेस मुगुकाे सभापतिमा शाहीद्वय भिड्दै

मुगु । नेपाली कांग्रेसको १४औं महाविधेशनअन्तर्गत मुगुको सभापतिमा दुई पक्षका उम्मेद्वारबीच कडा प्रतिस्पर्धा हुने भएको छ । पौडेल पक्षका वर्तमान जिल्ला सभापति खड्गबहादुर शाही र संस्थापन पक्षका पूर्वसभापति ऐनबहादुर शाहीबीच कडा प्रतिस्पर्धा हुने देखिएकाे छ ।

वडा, पालिका, प्रदेशसभा हुँदै जिल्लाको अधिवेशन सम्ममा दुई समूह छुट्टाछुट्टै प्यानल खडा गरेर चुनावी मैदानमा उत्रिएका छन् । पौडेल समूहतर्फबाट उपसभापतिमा हरिजंग शाही र देविलाल मल्ल, सचिवमा कालिबहादुर नेपाली, सहसचिवमा लोकेन्द्र थापा र उर्गिन तामाङ्गले उम्मेदवारी दिएका छन् ।

देउवा समूहबाट उपसभापतिमा कर्णबहादुर रावल र रतनबहादुर शाही, सचिवमा जन्मजया भण्डारी र लोकेन्द्रबहादुर मल्ल, सहसचिव शैलेन्द्र मल्ल र जनबहादुर खड्काले उम्मेदवारी दिएका छन् ।

दुवै समूहले चुनाव प्रचार प्रसारलाई तीव्रता दिएका छन् । हरेक क्षेत्रको प्रतिनिधित्व गर्नका लागि महिला, दलित, पिछडिएकाे वर्ग अपांङ्गलगायत आरक्षण कोटा निर्धारण भएपनि जिल्लाको नवौं महाधिवेशनमा यो लागू भएको छैन । प्यानल बनाएर महाधिवेशनमा उत्रिएको दुवै समूहमा महिलालगायत आरक्षण कोटाबाट अधिवेशनका लागि उम्मेदवारी शून्य छ ।

१६ असाेजमा उद्धघाटन भएकाे जिल्ला अधिवेशनकाे आज बिहानदेखि मतदान सुरु भएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *