राजनीति

चन्द्रागिरि नगरपालिकाको काँग्रेस सभापतिमा गिरीको प्यानल सर्वसम्मत

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाको काँग्रेस सभापतिमा घनश्याम गिरी निर्वाचित भएका छन् । गिरी चन्द्रागिरि नगरपालिकाका मेयरसमेत हुन् ।

हिजो (आइतबार) राति अबेर सर्वसम्मत रुपमा गिरीको नेतृत्वमा प्रकाशमान सिंह पक्षको प्यानल नै चुनिएको हो ।

यस्तै उपसभापतिमा इन्द्रावती श्रेष्ठ र राजेन्द्र विक्रम वानियाँ चुनिएका छन् । सचिवमा राजेन्द्र महर्जन र नविन महर्जन तथा सहसचिवमा जीवन गिरी र भुवन श्रेष्ठ चुनिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *