काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिका कार्यसमितिको नयाँ नेतृत्वका लागि भएको चुनावका मतपेटिका खुलेका छन् ।
राष्ट्रियसभा गृहको भवनमा काठमाडौं महानगरको मतगणनाका लागि मतपेटिका खोलिएका छन् ।
काठमाडौं महानगरको नयाँ नेतृत्वका लागि आईतबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म मतदान भएको हो ।
काठमाडौं महानगरमा सभापतिका लागि निलकाजी शाक्य र प्रगतिमान रञ्जित प्यानलसहित मैदानमा उत्रिएका छन् ।
संस्थापन पक्षबाट रञ्जित र संस्थापनइतर पक्षबाट शाक्यले प्रतिस्पर्धा गरेका छन् ।




