काठमाडौं । नेता राजकुमार लेखी लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिएको चार दिनमै नेकपा एमालेमा प्रवेश गरेका छन् ।
आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष तथा थारु कल्याणकारिणीसभाका पूर्वमहामन्त्री लेखीले १४ असोजमा मात्र लोकतान्त्रिक समाजवादी छाडेका थिए ।
गोदावरीमा जारी एमालेको विधान महाधिवेशनस्थल पार्टी अध्यक्ष केपी शर्मा ओलीले लेखीलाई भित्र्याएका हुन् । लेखीसँगै विभिन्न पार्टीका नेता, कार्यकर्ता पनि एमालेमा प्रवेश गर्ने गरेका छन् ।
लेखी पछिल्लो समय लोसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति सदस्य थिए ।




