राजनीति

यस्ता छन् एमालेका ११ वैचारिक आधार

काठमाडौँ  नेकपा (एमाले) अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदनमा पार्टीको वैचारिक आधार पनि उल्लेख गरेका छन् । उनले मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादको वैचारिक मार्गदर्शनलाई पार्टीको मुख्य वैचारिक आधार उल्लेख गरेका छन् ।

“कम्युनिस्ट पार्टी स्वेच्छिक रूपले सामाजिक परिवर्तनमा समर्पित हुन तत्पर, त्यसका लागि आवश्यक पर्दा बलिदान दिन तयार तथा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणबाट दीक्षित व्यक्तिहरूको अनुशासित, सचेत र स्वयंसेवी संस्था हो । त्यसैले पार्टी संरचना प्राविधिक विषय होइन,” ओलीले लेखेका छन् ।

उनले पार्टी निर्माणका वैचारिक आधार ११ वटा प्रस्तुत गरेका छन् । यी हुन् ओलीले उल्लेख गरेका वैचारिक आधार :

  • मार्क्सवाद–लेनिनवाद र जनताकोबहुदलीय जनवादको वैचारिक मार्गदर्शन
  • द्वन्द्वात्मक–ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोण
  • श्रमजीवी वर्ग पक्षधरता
  • देशभक्तिपूर्ण भावनाका साथ देश र जनताकोपक्षमा निरन्तर क्रियाशीलता
  • राष्ट्रिय पुँजी निर्माण
  • प्रगतिशील उत्पादक शक्तिको विकास
  • स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्रको स्थापना
  • जनताको बहुदलीय जनवादको कार्यान्वयन तथा समाजवादका आधार निर्माणको कार्यदिशा
  • संसारभरका श्रमजीवी तथा शान्तिप्रेमी जनताको आन्दोलनप्रतिको ऐक्यवद्धता एवं विश्व मानवतावादको पक्षधरता
  • दक्षिणपन्थी र उग्रवामपन्थी आवरणमा देखा पर्ने अवसरवाद विरुद्धको सतत् वैचारिक संघर्ष
  • अनुभवको निरन्तर विश्लेषण र संश्लेषणका माध्यमबाट नेपाली क्रान्तिका सिद्धान्तको विकास प्रयोग गर्दै अघि बढ्ने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *