राजनीति

माधव नेपाल अस्वस्थ, कोरोनासँग मिल्दोजुल्दो लक्षण

काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा समस्या देखिएको छ ।

नेपालसहित उनकी पत्नी गायत्रीको स्वास्थ्यमा समेत समस्या देखिएको छ । कोरोनाको जस्तो लक्षण देखिएकाले नेपालदम्पती होम आइसोलेशनमा बसेका छन्  ।

नेपालको स्वास्थ्यमा समस्या देखिएपछि पार्टी र गठबन्धनका काम उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायतका नेताहरूले व्यवस्थापन गरिरहेको नेपालको सचिवालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *