काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सडक विभाग, खानेपानीलगायतका निकायका कारण भूमिगत केबल बिछ्याउने कामले गति लिन नसकेको बताएका छन् ।
घिसिङले अन्डर ग्राउन्ड केवल बिछ्याउने काममा सडक विभाग, खानेपानी विभागलगायतका कारण समस्या खडा भएको भन्दै समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पहल गरिरहेको बताए ।
घिसिङले करिव ९५ प्रतिशत नेपालीहरुको घरमा विद्युतीकरण भइसकेको बताए । घिसिङले नेपाल विद्युत प्राधिकरणले उपभोक्ताहरूबाट बार्षिक ७० अर्ब आयआर्जन गर्ने समेत बताएका छन् ।




