काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’लाई उपचारका लागि थाइल्याण्ड लगिने तयारी भएको छ ।
लामो समयदेखि जण्डिस बिग्रिएपछि देखिने समस्याबाट पीडित नेता पुनको स्वास्थ्यमा कुनै सुधार नभएपछि थाइल्याण्डको बैंकक लगिने तयारी भएको हो । सुमेरु अस्पतालमा उपचारत पुनको आज दिनभरी सबै रिपोर्टको अध्ययन गरिने र नेपालमा उपचार सम्भव नभए बुधबार बैंकक लगिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
केहीसमय अघि पनि नेता पुनलाई बैंककको अस्पतालमा उपचार गरी ल्याइएको थियो । त्यतिबेला उनी लामो समय उपचारका लागि बैंककमा बसेका थिए । त्यसपछि पुनले प्रत्येक वर्ष फलोअपका लागि बैंकक गइरहेका थिए । तर, पछिल्लाेसमय काेराेना महामारीका कारण उनी जान सकेका थिएनन् ।




