समाचार

प्रदेश नं १ मा ३९० मा कोरोना सङ्क्रमण

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा एक हजार २९९ जनाको पीसीआर परीक्षण गर्दा ३११ र ४५१ जनाको एन्टिजेन परीक्षण गर्दा ७९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२० मध्ये विराटनगरमा ५०, झापामा ११५, सुनसरीमा ५९, धनकुटामा पाँच, इलाम र सङ्खुवासभामा दुई दुई, ताप्लेजुङ, खोटाङ र उदयपुरमा एक एक र प्रदेश बाहिरका पाँच जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेशमा आजै ४२५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २२१ महिला र २०४ पुरुष छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक माहिलासहित छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *