काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी विभाजन गरेर लोकतान्त्रिक समाजवादी दल गठन गरेका महन्थ ठाकुरले नयाँ दलको प्रमाणपत्र दिएको छ ।
बुधबार दिउँसो सनाखत सम्पन्न गरेको आयोगले राती प्रमाणपत्र दिएको हो । लोसपाका तर्फबाट बुधबार १४ जना सांसद र १६ जना कार्यकारिणी समिति सदस्यहरुले निर्वाचन आयोगमा सनाखत गरेका थिए ।
कार्यकारिणि समितिमा प्रस्ताव गरेका जेलमा रहेका रेशम चौधरीको सनाखत भने आयोगले अस्विकार गरेको थियो । आयोगले एमाले विभाजन गरेर नेकपा एकिकृत समाजवादी दल दर्ताको निवेदन दिएका माधवकुमार नेपाललाई समेत नयाँ दलको प्रमाणपत्र दिएको छ । योसँगै एमाले र जनता समाजवादी पार्टी औपचारिक रुपमा विभाजन भएका छन् ।





