समाचार

अफगानिस्तानबाट ५ सय ४ नेपाली स्वेदश फर्किए

काठमाडौं । अफगानिस्तानबाट ५ सय ४ जना नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आइतबारसम्म ५ सय ४ जना नेपाली स्वदेश फर्किएका हुन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म ३ सय ५६ जना नेपालीले उद्धारका लागि कन्सुलर विभागको बेव पोर्टलमा आफ्नो विवरण दर्ता गराएका छन् ।

काबुलमा नागरिक उड्डयन सेवाको हवाई जहाज आगमन अवतरण खुली नसकेकोसमेत मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयले उपलब्ध गराइएको अनलाइन पोर्टल भाइबर, ह्वाट्सएपमा आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

त्यसबाहेक अफगानिस्तानबाट उद्धार भएका तर नेपाल नआइसकेका नेपालीलाई समेत स्वदेश ल्याउने विषयमा पहल भइरहेको समेत मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अफगानिस्तानबाट उद्धार भएकाहरु भारत, बेलायत, दोहा र दुबई लगाएतका देशमा रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *