समाचार

जापानले दिने अनुदानको खोप अर्को साता आउने

काठमाडौं । जापान सरकारको अनुदानमा प्राप्त १६ लाख १४ हजार ७ सय ४० मात्रा अष्ट्राजेनेका खोपमध्ये नेपाल ल्याउन बाँकी रहेको पचास प्रतिशत खोप भदौ ५ देखि ७ गतेभित्र नेपाल आउने भएको छ ।

स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले दिएको जानकारीअनुसार जापानबाट अनुदानमा आउने खोपको पचास प्रतिशत मात्रा अर्को साता नेपाल आउन लागेको हो । यसअघि पहिलो चरणमा प्राप्त भएको खोप भने कोभिसिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकहरुलाई दिइएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *