देश

उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्बिने, अझै कडाई गरिने

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्बिने भएको छ। कोरोना संक्रमणमा केही कमी देखिए पनि मृत्युदर बढेको र अवस्था भयावह नै भएकाले निषेधाज्ञा एक साता लम्ब्याउने तयारी भएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले एक साता निषेधाज्ञा थपेर थप कडाइ गरिने बताएका छन् । निषेधाज्ञा थपेर थप कडाइ गर्नुको अर्को विकल्प नदेखिएको उनको भनाइ छ ।

तरकारी पसलहरूमा बिहानको समय एकदमै बढी भिडभाड भइरहेकाले कोरोना संक्रमण पनि त्यहीँबाट फैलिने डर देखिएको स्वास्थ्य विज्ञहरूको भनाइ छ । यसपटक तरकारी पसलमा समेत कडाई गरिने भएको छ । ‘तरकारी पसल एक साताका लागि बन्द गर्ने हो वा यहाँ हुने भिडभाड कसरी व्यवस्थापन गर्ने हो भन्ने विषयमा छलफल भइरहेको छ,’ पराजुलीले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *