समाचार

पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार

काठमाडौँ । कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहलाई प्लाज्माथेरापीबाट उपचार थालिएको छ ।

श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो । उनलाई हाईफ्लो अक्सिजनको सपोर्टमा राखिएको छ ।

अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् । छोरी प्रेरणाको अवस्था भने सामान्य भइसकेको छ । उनलाई अक्सिजनको सपोर्ट दिनुपरेको छैन । तीनैजनाको गत शनिबारदेखि नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *