मुख्य समाचार

पूर्वराजा रानीलाई अक्सिजन सपोर्टमा उपचार

काठमाडौं । कोरोना संक्रमण भई थापाथलीस्थित नर्भिक अस्पतालमा पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल शाहलाई अक्सिजनको सपोर्टमा उपचार भइरहेको छ । अस्पतालले मंगलबार दिउँसो जारी गरेको सूचनाअनुसार कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भनेर पूर्वराजा र पूर्वरानीलाई अक्सिजनको सपोर्टमा उपचार गरिएको हो ।

पूर्वराजारानीसँगै अस्पताल भर्ना भएकी पूर्वअधिराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्ट दिनु नपरेको अस्पतालले सूचनामा उल्लेख गरेको छ । तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि केही दिन होम आइसोलेसनमा बसेका पूर्वराजा, पूर्वरानी र पूर्वअधिराजकुमारी वैशाख १ गते अस्पताल भर्ना भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *