तुलसीपुर । दाङमा जङ्गली बँदेलको आक्रमणबाट चार जना घाइते भएका छन् ।
घाइते हुनेमा लमही नगरपालिका–१ बरूवागाउँका ४० वर्षीया हिरादेवी चौधरी, वडा नं २ डोडहीका आठ वर्षीय शिरीष गिरी, सोही ठाउँका ५५ वर्षीया धनिया चौधरी र ३० वर्षीय मिठ्ठु चौधरी रहेका छन् । घाँस दाउरा काट्न आज १० बजेतिर नजिकैको सामुदायिक वनमा गएको अवस्थामा बँदेलको आक्रमणबाट उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार बँदेलले उनीहरुको खुट्टामा आक्रमण गरेको छ । घाइतेमध्ये शिरीष र मिठ्ठुलाई लमही अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल सिफारिस गरिएको छ । धनियाँ र हिरादेवी चौधरीको लमहीमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
२८ भाद्र ११:३३
२९ भाद्र १५:०२
२ आश्विन १६:४४
२ आश्विन १३:१६
१ आश्विन ११:५२
३१ भाद्र १९:३८
२८ भाद्र ०९:१८




