काठमाडौं । पार्टी विभाजनपछि केपी ओली नेकपालाई साथ दिएका पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ प्रचण्ड नेपाल समूहमा फर्किएका छन् । उनी बिहीबार प्रचण्ड नेपाल समूहको केन्द्रीय समिति बैठकमा जाने भएका छन् ।
तामाङ सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन्। उनी लामो समय तत्कालीन नेकपा एमालेको राजनीतिमा माधवकुमार नेपाल समूहमा थिए। २०७४ को चुनावपछि उनी ओली सरकारमा कानुनमन्त्री बनेका थिए। तर, बीचमै छाड्नुपर्ने अवस्था आएको थियो ।
प्रधानमन्त्री केपी ओलीले सोमबार बालुवाटारमा बोलाएको नेकपा सांसदहरूको बैठकमा तामाङ गएका थिए। त्यसको भोलिपल्ट बोलाइएको केन्द्रीय कमिटी बैठकमा समेत सहभागी थिए।




