काठमाडौं । पार्टी विभाजनपछि रघुवीर महासेठ प्रचण्ड नेकपा र उनकी श्रीमती जुलीकुमारी महतो ओली पक्षमा भनेर मंगलबार दिनभरि चर्चामा आयो । सबै मिडियाले सोहीअनुसारको समाचार बनाए । तर, बुधबार केपी ओली नेतृत्वको नेकपाले महासेठ पनि आफ्नै पार्टीमा रहेको दाबी गरेको छ ।
महासेठ धनुषाका हुन् । उनी यसअघि एमाले र नेकपा सिंगो हुँदा वामदेव गौतम पक्षका नेता थिए । तर, वामदेव गौतम ओली र प्रचण्ड नेकपा कतै पनि खुलेका छैनन् । सोही कारण महासेठ पनि अन्योलमा थिए । स्रोतका अनुसार गौतमले आफू प्रचण्ड खेमामा नजाने संकेत गरेपछि महासेठ ओली पक्षमा लागेको बताइएको छ ।
तर, उनकी श्रीमती जुली महतो भने ओली पक्षमै थिइन् । जुली धनाढ्य उपेन्द्र महतोकी बहिनी हुन् ।
ओली नेतृत्वको नेकपाले बुधबार जारी गरेको विज्ञप्तिमा महासेठलाई आफ्नै समूहको नेता तोकेर प्रदेश २ को प्रशिक्षणमा खटाएको छ । प्रदेश नम्बर २ मा ईश्वर पोखरेल, सत्यनारायण मण्डल र जुलीकुमारी महतो पनि तोकिएका छन् ।




