काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन् । प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएपछि संसदको विशेष अधिवेशनको माग पनि फिर्ता गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति जनाएपछि संसदको विशेष अधिवेशनको माग पनि फिर्ता
पार्टीमा परामर्श नै नगरी मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि नेकपाको आन्तरिक विवाद पुनः उत्कर्षमा पुगेको थियो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली पनि उपस्थित भएका छन् । बैठक बस्नुअघि ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । अध्यक्षद्वयबीच दोस्रो छलफलमा जुटेपछि प्रधानमन्त्री ओली बैठकमा बस्न राजी भएका हुन् ।




