समाचार

कोरोना कहरमा रक्तदानको महत्व अझै बढी छ : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ को जोखिमका बेला रक्तदानको महत्व अझ बढेको बताएका छन् । १४ औं संघीय संसद सेवा दिवस–२०७७ का अवसरमा आज संसद सचिवालय परिसर, सिंहदरबारमा आयोजित रक्तदान कार्यक्रको सुभारम्भ गर्दै सभामुख सापकोटाले कोरोना सृजित विषमताका बेला गरिएको रक्तदानको कयौं गुणा महत्व रहेको चर्चा गरे ।

संघीय संसद, सदस्य माननीय डा बिमला राई पौडेललाई रक्त थैली (व्लड व्याग) हस्तान्तरण गरि रक्तदानको सुभारम्भ गरेपछि संक्षिप्त सम्बोधनका क्रममा सभामुख सापकोटाले भने ‘रक्तदान जीवन दान त्यत्तिकै भनिएको होइन, रक्तदानको सँधैभरी महत्व छ, अहिले झन् यसको कयौं गुणा महत्व छ । ’

सभामुख सापकोटाले दैनिक जस्तो रगत अभावको खबर आइरहेको स्मरण गर्दै आज गरिएको रक्तदानले रगत अभाव टार्न केही सहयोग हुने विश्वास व्यक्त गरे । संसद सेवा दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएकोमा उनले खुसी व्यक्त गरे ।

कार्यक्रममा दुई जना सांसद, कर्मचारी र सञ्चारकर्मी गरि ५३ जनाले रक्तदान गरेका थिए । संघीय संसद सचिवालयले संसद सेवा दिवस २०७७ का अवसरमा उच्च स्वास्थ्य सतर्कता अपनाउँदै विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । वि.सं. २०६३ साल देखि हरेक बर्ष मंसिर २८ का दिन संघीय संसद सेवा दिवस मनाइँदै आइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *