धर्म/सस्कृति

मनकामना मन्दिर मंसिर २८ बाट खुल्ने

मनकामना । कोभिड १९ संक्रमण प्रभावका कारण गत चैतदेखि नै बन्द रहेको मनकामना माइको मन्दिर र मनकामना केवलकार झन्डै ९ महिनापछि खुल्ने भएको छ ।

सरोकारवाला निकायहरुबीच आज बसेको बैठकले यही मंसिर २८ गतेदेखि मनकामना माइको मन्दिर र मनकामना केवलकार खुलाउने निर्णय गरेको हो ।

विगत ९ महिनादेखि सर्वसाधारणका लागि पूजा गर्न बन्द गरेको मनकामना मन्दिर खुलाउनका लागि मनकामना क्षेत्र विकास समितिको नेतृत्वमा स्थानीय संघसंस्थाका प्रतिनिधिसहित आज मनकामनामा बैठक बसेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *