धर्म/सस्कृति

आठ महिनापछि हलेसी महादेव मन्दिरको गुफा खुला, एकपटकमा १० जना मात्र जान पाइने

खोटाङ । खोटाङको त्रि–धार्मिकस्थल हलेसी गुफा प्रवेश खुला गरिएको छ । कोरोना भाइरसको महामारीका कारण गत ८ चैतदेखि प्रवेशमा रोक लगाइएको थियो । मंगलबारदेखि सर्वसाधारणका लागि मन्दिर प्रवेश खुला गरिएको हो ।

कोरोनाको संक्रमण फैलिन सक्ने खतरालाई ध्यानमा राखेर दर्शन गर्न आएका दर्शनार्थीको पुजाआजा नरोकिने गरी हलेसी तुवाचुङ नगरपालिकाले महादेवस्थान रहेको मुख्य गुफा र बसाहा गुफा प्रवेशमा रोक लगाएको थियो ।

हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले मंगलबार जारी गरेको सूचनामा मूल गेटबाट एकपटकमा १० जना दर्शनार्थी मात्र मन्दिरभित्र प्रवेश गराइने, मन्दिर प्रवेशका क्रममा भक्तजनले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने र अनिवार्य भौतिक दूरी कायम गर्नुपर्ने, मन्दिरको भित्री परिसरमा फूल, अक्षता, अगरवत्ती जस्ता पूजाका सामग्री लैजान नपाइने उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *