मुख्य समाचार

विज्ञापन बोर्डको सदस्यमा राजधानी दैनिक र एबीसी टेलिभिजनका मालिक नियुक्त

काठमाडौं । सरकारले विज्ञापन बोर्डमा पाँच सदस्य नियुक्त गरेको छ । सूचना प्रविधि तथा सञ्चारमन्त्री पार्वत गुरुङले सोमबार राजधानी दैनिकका अध्यक्ष महेन्द्रबहादुर शेरचन, एबीसी टेलिभिजनका अध्यक्ष शुभशंकर कँडेल, पत्रकारहरू बलराम थापा, चन्द्र न्यौपाने र बन्दना दनुवारलाई बोर्डको सदस्य नियुक्त गरेका हुन् ।

सञ्चारमन्त्री गुरुङले सोमबार आयोजित एक कार्यक्रममा सबैलाई नियुक्तिपत्र प्रदान गर्दै सफलताका साथ काम गर्न शुभकामना दिए । बोर्डमा नियुक्ति पाउने सबै नेकपा निकट हुन् । शेरचन संविधानसभाका पूर्वसदस्य हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *