समाचार

सिद्धबाबालाई थुनामा राख्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले बलात्कार आरोपी धर्मगुरु सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थुनामै राख्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन पाठक र प्रकाश ढुंगानाको संयुक्त इजलासले शुक्रबार सिद्धबाबालाई थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिएको हो ।

गिरीलाई ०७६ माघ ९ मा उच्च अदालत विराटनगरले जिल्ला अदालत सुनसरीको आदेशलाई बदर गर्दै थुनामा राखेर पुर्पक्ष गर्न आदेश गरेको थियो । गिरीले उक्त आदेश बेरीतको रहेको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । तर, सर्वोच्चले उच्चको आदेश रितअनुसारको भन्दै कानुनबमोजिम गर्न आदेश गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *